Palpal Khabar

विषालु बेलुन

* नारायण ढकाल
दूषित हावा भरेर
नेपाली आकाशमा उडाइएका उँधोमुन्टे बेलुनहरू
चकलेटी आसमा तानिएर
जीवनवादी/जीवनदायी दर्शन बिर्सेर
गौरवमय इतिहासको अपव्याख्या गर्दै
युरोप र अमेरिकाका गल्लीहरूमा
वेद, त्रिपिटक र मुन्धुमका पाना च्यातेर
सारहीन बोक्रेदर्शन र कलाहीन
सिद्धान्तको महिमा गाउँछन्
र धरतीमा ज्ञान गङ्गा बगाउने सपना बाँड्छन्
अनि,श्रीखण्डलाई लत्त्याएर
धमिरे काठमा सुवास र शीतलता खोज्ने
असफल प्रयासमा रमाउँछन्।

विषालु बेलुनहरू!
विगत विश्व-रङ्गमञ्चमा भएका
जातीय,क्षेत्रीय,साम्प्रदायिक हिंसाको
बीभत्स इतिहासबाट बेफिक्र
शकुनिको निर्देशनमा
आफ्नै आमाको पेटमा
धारिलो हतियार सोझ्याउँदै
सामाजिक सद्भावको घाँटी निमोठेर
एकतामा अनेकताको विघटनकारी
आपसी वैरभाव र शत्रुताको विष वृक्ष रोप्छन्
र मृत्यु गीत गाउन तम्सिन्छन्।

हावा महलमा उडेका बेलुनहरू,
क्षणिक उँचाइलाई वास्तविक ठान्दै
रद्दी कागजको फिरफिरे फिर फिराउन खोज्छन्
झन्डा ठानेर-नेपाली घर आँगनमा
वैतरणी तर्न खोज्छन् कागजकै डुङ्गा चढेर
अनि, जेरुसलम र भेटिकन सिटीसम्म पुगेर
मालिकलाई विश्व विजयी बनाउने
भ्रम पस्किन्छन्।

धरातल बिर्सेका ल्याप्चे बेलुनहरू,
ल्याप्चेमै नयाँ इतिहास लेख्ने सपना देख्छन्
महको लालचमा
अरिङ्गालको गोलामा हात हालेर
विध्वंसलाई म्वाइँ खान्छन्
र, मृत्यु निम्त्याउन तम्सिन्छन्
आखिरमा,
उडाइएका विषालु बेलुनहरू
आगो बालेर फालिने सलाईको काँटीसरह
जुठेल्नुमा मिल्क्याइन्छन्
मात्र जुठेल्नुमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Array

राजनीति

श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन

श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन

१६ पौष, काठमाण्डौं - राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामा...
भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने सरकारको निर्णय

भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने सरकारको निर्णय

काठमाडौं, १३ मंसिर ।  सरकारले जाजरकोट भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने निर्णय गरेको छ । बुधबार बसेको ...
भूकम्पपीडितलाई दिने अनुदान रकम एकै किस्तामा दिन सरकारसँग काँग्रेसको आग्रह

भूकम्पपीडितलाई दिने अनुदान रकम एकै किस्तामा दिन सरकारसँग काँग्रेसको आग्रह

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न तत्काल दिने भनिएको अनुदान रकम एकै किस्तामा दिने व्...
नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

काठमाडौं, १३ मंसिर । नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाँउपालिकाले दोर्दी गाँउपालिका–२ का रामबहादुर ग...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search