१९ श्रावण २०७८, मंगलबार
|  Tue Aug 3 2021
Logo

बागमती प्रदेशसभाको ८औं अधिवेशन जेठ १६ मा आह्वान



काठमाडौं । बागमती प्रदेशसभाको ८औं अधिवेशन जेठ १६ गतेका लागि आह्वान गरिएको छ ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ को बमोजिम जेठ १६ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख प्रसाईले बैठक आह्वान गरिएको बताएका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

बागमती प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बागमती प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार
गोबिन्द साउँद
नेपाली लोकसंगीतमा देउडा

देउडा नेपालको सुदूरपश्चिम र मध्य क्षेत्रमा प्रचलित निकै मिठो लोक गायन शैली हो। बहुभाषिक तथा बहुसांस्कृतिक इतिहास बोकेको नेपाल एसियाली देशहरूमा भिन्न देखिन्छ। यहाँको भाषा,

आरक्षणविरुद्धका कुतर्कहरू

लिच्छिवीहरूले नेपाल काठमाडौं उपत्यकामा प्रवेश गराएको जातीय छुवाछुत र विभेद अंशुवर्मा, जयस्थिती मल्ल हुँदै गोरखाका राम शाह त्यसपछि पृथ्वी नारायण शाह अनि भिमसेन थापासम्म राज्यद्वारा

समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार