१४ श्रावण २०७८, बिहीबार
|  Thu Jul 29 2021
Logo

काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरबाट थप १ करोड अनुदान



काठमाडौँ । काठमाडौ  महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप रु एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो । सुरुमै काठमाडौँ महानगरपालिकाले ५० लाख दिएको थियो । पुनः पाँच–पाँच करोड दिएको महानगरपालिकाले अहिले दिएको अनुदानसहित कुल रु ११ करोड ५० लाख पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए ।

ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताए ।
‘काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख उपलब्ध गराएको छ,’ पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले भने, ‘हामीले करीब १२ करोडमा काम सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । काष्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक रकम सहयोग गर्ने काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित सम्पुर्ण टिमलाई धन्यवाद ।’

शाक्यले पुनर्निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटनको चरणमा पुग्ने बताए । ‘हामीले समयमै काम सम्पन्न गर्न लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिदैँ आएका छौँ,’ उनले भने, ‘काठ अभावका कारण पनि सामान्य ढिलाई भयो । अब त्यो समस्या पनि समाधान भैसकेको छ । हामीले रौतहटलगायतका जिल्लाबाट काठ ल्याई हेटौडामा चिरान गरेर ल्याउँदै आएका छौँ । अब काठ अभावले काम रोकिन्न । हामी छिट्टै उद्घाटनको तयारीमा जुट्छौँ ।’

उनले सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनर्निर्माण भैरहेको भन्दै माटो, इँटा र काठ पनि पुरानै शैलीका प्रयोग भएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार
पलपल संवाददाता
नेपाली लोकसंगीतमा देउडा

देउडा नेपालको सुदूरपश्चिम र मध्य क्षेत्रमा प्रचलित निकै मिठो लोक गायन शैली हो। बहुभाषिक तथा बहुसांस्कृतिक इतिहास बोकेको नेपाल एसियाली देशहरूमा भिन्न देखिन्छ। यहाँको भाषा,

पलपल संवाददाता
आरक्षणविरुद्धका कुतर्कहरू

लिच्छिवीहरूले नेपाल काठमाडौं उपत्यकामा प्रवेश गराएको जातीय छुवाछुत र विभेद अंशुवर्मा, जयस्थिती मल्ल हुँदै गोरखाका राम शाह त्यसपछि पृथ्वी नारायण शाह अनि भिमसेन थापासम्म राज्यद्वारा

पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार