१४ श्रावण २०७८, बिहीबार
|  Thu Jul 29 2021
Logo

डिजिटलाइजेसनले आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्नेछ : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कोभिडपछि उत्पन्न परिसिस्थतिमा डिजिटलाईजेसनको अभ्यास बढ्दै गएको र यसले डिजिटल अर्थतन्त्र निर्माणको युग सूरु गरेको भएको छ ।
मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सव कार्यक्रमलाई वेवीनार मार्फत समुद्घाटन गर्दै अर्थमन्त्री पौडेलले डिजिटल अर्थतन्त्रको युग सुरु भएको बताए । उनले कोभिडपछि यसको महत्व थप बढेको उल्लेख गरे । डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलापमा थप सहज पु¥याउने उनको भनाई छ । उनले उद्यमशीलता बृद्धिका लागि सरकार लागिपरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता रहेको पनि बताए । उपप्रधानमन्त्री समेत रहनुभएका अर्थमन्त्री पौडेलले मिडिया इन्टरनेसनलद्धारा आयोजित ‘फाइनान्सियल डिजिटलाईजेसन लिट्रेसी’ को लोगो अनावरण गरेको थियो । अर्थमन्त्री पौडेलले मिडिया इन्टरनेसनलले आर्थिक क्षेत्र एवं वित्तीय साक्षरता क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रसंशा गरे ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठुलो सहयोग गरेको बताए । कोरोना महामारीपछि यसको डिजिटलाइजेसनको महत्व बढेको भन्दै उनले अहिले पुँजीबजारको क्षेत्रका अधिकाँस कुराहरु डिजिटलाइजेसन भएको उल्लेख गरे ।
उनले पूँजी बजारमा गत साउनदेखि अधिकाश कामहरु डिजिटलमाध्यमबाट भइरहेको बताए । उनले पछिल्लो समय नेपालमा सक्रिय लगानीकर्ता बढेको भन्दै बजारलाई यान्त्रिकरणमा अभ्यस्त र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटलाईजेसनलाई महत्व दिएको बताउनुभयो । उनले समय बदलीएको उल्लेख गर्दै फाइनान्सियल सेक्टरमा डिजिटलाइजेसनको महत्व बढेको बताए । देशमा आर्थिक सवलिकरणका लागि वित्तीय साक्षरताको महत्व आबश्यकता धेरै रहेको भन्दै वित्तीय क्षेत्रमा मिडिया इन्टरनेसनलले गरेको सहयोगको प्रशंशा गरे ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताए । समितिले हाल बीमा शिक्षालाई समुदाय स्तरमा फैलाउँदै लगेको भन्दै बीमा क्षेत्रमा बारे भर्खर मानिसहरु जानकार हुन थालेको बताए ।

कार्यक्रममा लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्साल, संघका महासचिव रामबहादुर यादव, जीवन बीमा संघका अध्यक्ष निर्मल काजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्श उद्योग समितिका सभापति भिम पौडेल, सरकारले आगामी आर्थिक वर्षको बजेटमा बीमालाई हिमालय सिमा पार व्यापार संघका उपाध्यक्ष नयन बहादुर पण्डित क्षेत्री, बाग्मति प्रदेश हस्तकला संघका अध्यक्ष होमनाथ उपाध्याय, नेपाल क्लियरिङ हाउस. हाउस लिमिटेड (एनसिएचएल) का सिइओ नीलेशमान सिंह प्रधान, नेपाल कफि व्यवसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरे लगायतले आर्थिक सवलिकरण र वित्तीय साक्षरताको क्षेत्रमा मिडिया इन्टरनेसनलले खेलेको भूमिकाको प्रशंशा गरे । बैंकवित्त, बीमा, तथा पुँजी बजारको क्षेत्रमा वित्तीय जागरण ल्याउने कार्यमा ७ बर्षदेखि सक्रिय मिडिया इन्टरनेसनलले पछिल्लो समय फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी संचालन गर्दै आएको छ । मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले वित्तीय साक्षरता र डिजिटलाइजेसनलाई सँगसँगै अगाडि बढाउने बताए । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मिडिया इन्टरनेसनलद्धारा आयोजित ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसीको लोगो अनावरण गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार
पलपल संवाददाता
नेपाली लोकसंगीतमा देउडा

देउडा नेपालको सुदूरपश्चिम र मध्य क्षेत्रमा प्रचलित निकै मिठो लोक गायन शैली हो। बहुभाषिक तथा बहुसांस्कृतिक इतिहास बोकेको नेपाल एसियाली देशहरूमा भिन्न देखिन्छ। यहाँको भाषा,

पलपल संवाददाता
आरक्षणविरुद्धका कुतर्कहरू

लिच्छिवीहरूले नेपाल काठमाडौं उपत्यकामा प्रवेश गराएको जातीय छुवाछुत र विभेद अंशुवर्मा, जयस्थिती मल्ल हुँदै गोरखाका राम शाह त्यसपछि पृथ्वी नारायण शाह अनि भिमसेन थापासम्म राज्यद्वारा

पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार