१४ श्रावण २०७८, बिहीबार
|  Thu Jul 29 2021
Logo

असार २४ गते यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन हुने



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। सो आइपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।


प्रतिक्रिया दिनुहोस !
विचार
पलपल संवाददाता
नेपाली लोकसंगीतमा देउडा

देउडा नेपालको सुदूरपश्चिम र मध्य क्षेत्रमा प्रचलित निकै मिठो लोक गायन शैली हो। बहुभाषिक तथा बहुसांस्कृतिक इतिहास बोकेको नेपाल एसियाली देशहरूमा भिन्न देखिन्छ। यहाँको भाषा,

पलपल संवाददाता
आरक्षणविरुद्धका कुतर्कहरू

लिच्छिवीहरूले नेपाल काठमाडौं उपत्यकामा प्रवेश गराएको जातीय छुवाछुत र विभेद अंशुवर्मा, जयस्थिती मल्ल हुँदै गोरखाका राम शाह त्यसपछि पृथ्वी नारायण शाह अनि भिमसेन थापासम्म राज्यद्वारा

पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार