१४ श्रावण २०७८, बिहीबार
|  Thu Jul 29 2021
Logo

कञ्चनपुरमा ६५ हजारसहित जुवा खेल्ने र खेलाउने ६ जना पक्राउ



कञ्चनपुर । कञ्चनपुरमा जुवा खेल्ने र खेलाउनेसहित ६ जना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका मौवाफाटास्थित तेजबहादुर साउदले सञ्चालन गरेको खुद्रा पसलबाट मंगलबार साँझ प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

पसल सञ्चालक तेजबहादुर साउदसँगै कमलेश कार्की, गगन कार्की, प्रकाश ऐर, बिष्णु भट्ट र खगेन्द्र बोहरा पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै ६५ हजार ५ सय रुपैयाँ बरामत गरिएको छ । उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार
पलपल संवाददाता
नेपाली लोकसंगीतमा देउडा

देउडा नेपालको सुदूरपश्चिम र मध्य क्षेत्रमा प्रचलित निकै मिठो लोक गायन शैली हो। बहुभाषिक तथा बहुसांस्कृतिक इतिहास बोकेको नेपाल एसियाली देशहरूमा भिन्न देखिन्छ। यहाँको भाषा,

पलपल संवाददाता
आरक्षणविरुद्धका कुतर्कहरू

लिच्छिवीहरूले नेपाल काठमाडौं उपत्यकामा प्रवेश गराएको जातीय छुवाछुत र विभेद अंशुवर्मा, जयस्थिती मल्ल हुँदै गोरखाका राम शाह त्यसपछि पृथ्वी नारायण शाह अनि भिमसेन थापासम्म राज्यद्वारा

पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार