११ श्रावण २०७८, सोमबार
|  Mon Jul 26 2021
Logo

मनकामना आइपिओ भर्ने आज अन्तिम



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । असार १७ गतेबाट आइपिओ खोलिएको हो । उक्त आईपीओमा आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले बिहिबारबाट १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आजसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

संस्थाको आईपीओमा मागभन्दा धेरै आवेदन परिसकेको छ । हिजो आइतबार साँझसम्म उक्त आईपीओमा १७ लाखभन्दा बढीले आवेदन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी