१० श्रावण २०७८, आईतवार
|  Sun Jul 25 2021
Logo

माधव नेपाल पक्षले गरेन हस्ताक्षर फिर्ता



काठमाडौं । माधव नेपालसहित पार्टीका २३ सांसदलाई हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम समय सकेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका २३ सांसदले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता अल्टिमेटम सकेको हो । अध्यक्ष ओलीले असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका थिए ।

शुक्रबार बालुवाटारमा बसेको ओली पक्षीय बैठकलाई सम्बोधन गदै अध्यक्ष ओलीले आफ्नो पार्टीका नेताको नेतृत्वको सरकारविरुद्ध विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नहुने र उनीहरु एमाले पनि नरहने घोषणा गरेका थिए । तर, खनाल–नेपाल पक्षले अदालतबाट आउने फैसलालाई स्वीकार गर्ने हस्ताक्षर फिर्ता नलिने अडानअनुसार ओलीको अल्टिमेटमभित्र हस्ताक्षर फिर्ता गरेनन् । अल्टिमेटमभित्र हस्ताक्षर फिर्ता नगर्ने सांसदहरुलाई अब ओलीले कस्तो कारवाही गर्छन् या गर्दैनन् भन्ने एमालेभित्र चासो बढेको छ ।

माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने प्रस्ट पारिसके पनि ओलीको अल्टिमेटम दिएपछि पनि ओलीपक्षीय नेताहरुले २३ सांसदको हस्ताक्षर फिर्ता गराउने प्रयास जारी राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी