१० श्रावण २०७८, आईतवार
|  Sun Jul 25 2021
Logo

जीवन लघुवित्तको आइपिओ बाँडफाँड



काठमाडौं । असार ११ गते सर्वसाधारणका लागि खुला गरिएको जीवन विकास लघुवित्त कम्पनीको आइपिओ बाँडफाँड गरिएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी एनएमबी क्यापिटलका अनुसार बुधबार (आज) आइपिओ बाँडफाँड गरिएको हो ।

सो शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ।
मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गर्दा एक लाख ८४ हजार आठ सय एक जनाले लघुवित्तको सेयर पाएका छन्

उनीहरूमध्ये भाग्यमानी पाँच जनाले थप एक–एक गरी ११ कित्ता सेयर पाएका छन् ।
कम्पनीका अनुसार उक्त सेयरमध्ये ३० हजार चार सय २० कित्ता (०.५ प्रतिशत) कर्मचारीलाई र ९८ हजार आठ सय ६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओको नतिजा जीवन विकास लघुवित्त, एनएमबी क्यापिटल र सिडिएससीको वेबसाइटमा हेर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी