१४ श्रावण २०७८, बिहीबार
|  Thu Jul 29 2021
Logo

भक्तपुर चेम्बर अफ कमर्शले एसपी श्रेष्ठलाई गर्‍यो स्वागत



भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्शले महानगरीय प्रहरी परिसर भक्तपुरका नवनियुक्त प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच भक्तपुरमा स्वागत गरेको छ ।
सो अवसरमा उद्यमीव्यवसायीको तर्फबाट स्वागत गर्नुहुदै भक्तपुर चेम्बर अफकमर्शका अध्यक्ष न्हुछे रत्नमानन्धरले जिल्लाका सबै तहका उद्यमी व्यवसायीको व्यवसायिक हकहित र प्रवद्र्धनका लागि चेम्बर क्रियाशिल रहेको जानकारी गराए । साथै उनले विगतका दिन देखिनै आर्थिक क्षेत्रको सुरक्षामाप्रहरी प्रशासनको भूमिका प्रशंसनिय रहेको र आगामी दिनहरुमा अझ बढि साथ सहयोग प्राप्तहुने विश्वास रहेको बताए । नवनियुक्त प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई मायाको चिनो हस्तान्तरण गर्नुहु“दै अध्यक्ष मानन्धरले सफलकार्यकालको शुभकामना समेत व्यक्त गरे।
कार्यक्रममा नवनियुक्त प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले प्रहरी र समुदायको प्रत्यक्ष साझेदारीबाट मात्रै शान्ति सुरक्षा दिगो र मजबुत हुने बताए । शान्ति शुरक्षाको सवालमा समुदायलाई अझै पनि धेरै सचेतना आवश्यक रहेको हुदां समाजलाई सूसुचित बनाउनमा भक्तपुर चेम्बर अफ कमर्शको सहकार्यको अपेक्षा रहेको बताए ।
कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका सचिव सुरेन्द्र श्रेष्ठले चेम्बर अफ कमर्शले आर्थिक क्षेत्रका अलावा सामाजिक क्षेत्रमा गरेको गतिविधिहरुका बारेमा जानकारी गराउनु भयो । सो क्रममा उनले जिल्लाका अन्य विभिन्न संघ संस्थाहरुको सहकार्यमा कोभिड १९ लाई लक्षित गरी सञ्चालन गरेको सेवा परमो धर्म अभियानका बारेमा बोल्नु हुंदै कोभिड १९ तेश्रो लहरको सम्भावित जोखिमबाट बच्ने तयारीमा चेम्बर लागेको बताए ।
भक्तपुर चेम्बर अफ कमर्शका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु उपस्थित रहेको उक्त कार्यक्रममा प्रहरी परिसर र चेम्बर मिलेर गर्न सकिने विभिन्न गतिविधिहरुका बारेमा छलफल समेत भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !
विचार
पलपल संवाददाता
नेपाली लोकसंगीतमा देउडा

देउडा नेपालको सुदूरपश्चिम र मध्य क्षेत्रमा प्रचलित निकै मिठो लोक गायन शैली हो। बहुभाषिक तथा बहुसांस्कृतिक इतिहास बोकेको नेपाल एसियाली देशहरूमा भिन्न देखिन्छ। यहाँको भाषा,

पलपल संवाददाता
आरक्षणविरुद्धका कुतर्कहरू

लिच्छिवीहरूले नेपाल काठमाडौं उपत्यकामा प्रवेश गराएको जातीय छुवाछुत र विभेद अंशुवर्मा, जयस्थिती मल्ल हुँदै गोरखाका राम शाह त्यसपछि पृथ्वी नारायण शाह अनि भिमसेन थापासम्म राज्यद्वारा

पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार