१४ श्रावण २०७८, बिहीबार
|  Thu Jul 29 2021
Logo

भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको विमान बेइजिङ जादैँ



काठमाडौं । कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाने भएको छ। नेपाल वायुसेवा निगमका अनुसार खोप लिन त्रिभुवन विमानस्थलबाट दिउसो साढे ३ बजे विमान उड्ने कार्यतालिका रहेको छ।

सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर एग्रीमेन्ट गरेको छ। सोही अनुसार पहिलो चरणमा १० लाख डोज खोप आउने भएको हो। खोप लिन विमान चीनको राजधानी बेइजिङ जाने छ। बेइजिङबाट खोप लिएर विमान शुक्रबार बिहान काठमाडौं आइपुग्ने छ।

सरकारले चीनको भेरोसेल खोप खरिदका लागि गोप्य सम्झौता गरेको हो। गोप्य सम्झौता भएका कारण चीनबाट कति मूल्यमा कति डोज खोप खरिद गरिएको भन्ने विषय सरकारले खुलाएको छैन। मन्त्रिपरिषदको ३ असारमा बसेको बैठकले चार अर्ब ५० करोड रुपैयाँभन्दा नबढ्ने गरी खोप खरिद गर्ने निर्णय गरेको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौताअनुसार २४ असारबाट आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ।

चीन सरकारले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार
पलपल संवाददाता
नेपाली लोकसंगीतमा देउडा

देउडा नेपालको सुदूरपश्चिम र मध्य क्षेत्रमा प्रचलित निकै मिठो लोक गायन शैली हो। बहुभाषिक तथा बहुसांस्कृतिक इतिहास बोकेको नेपाल एसियाली देशहरूमा भिन्न देखिन्छ। यहाँको भाषा,

पलपल संवाददाता
आरक्षणविरुद्धका कुतर्कहरू

लिच्छिवीहरूले नेपाल काठमाडौं उपत्यकामा प्रवेश गराएको जातीय छुवाछुत र विभेद अंशुवर्मा, जयस्थिती मल्ल हुँदै गोरखाका राम शाह त्यसपछि पृथ्वी नारायण शाह अनि भिमसेन थापासम्म राज्यद्वारा

पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार