११ श्रावण २०७८, सोमबार
|  Mon Jul 26 2021
Logo

युनियन लाइफ इन्स्योरेन्सको आईपिओ निष्कासन



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २४ गतेबाट सर्वसाधारणहरुको लागि धितोपत्र (आईपिओ) को सार्वजनिक निष्काशन भएको छ।
साधारण सेयर बिक्री गर्ने भएको हो । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ मध्यको ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न गरेको हो ।

उक्त सेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ ।
कम्पनीको आईपिओमा माग भन्दा बढि आवेदन पर्ने निश्चित छ हालै जारी भएका २ कम्पनी मनकामना स्मार्ट लघुवित्त र जीवन विकास लघुवित्तको आईपिओमा २० लाख भन्दा बढि आवेदकको आवेदन परेकाले यो कम्पनीको आईपिओमा पनि त्यसैको हारहारिमा आवेदन पर्नेहँुदा न्यूनतम १० कित्ता अर्थात एक हजारको आवेदन दिदाँ राम्रो हुने देखिन्छ ।

कम्पनीको साधारण शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड ले गर्ने छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न गत जेठ ९ गते आइतबार सेबोनमा निवेदन पेश गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी