१० श्रावण २०७८, आईतवार
|  Sun Jul 25 2021
Logo

एमाले विवाद कार्यदलको बैठक आज साझ ७ बजे बस्ने



काठमाडौं । एमाले विवाद समाधान कार्यदलमा अध्यक्ष केपी ओलीपक्षका संयोजक सुवास नेम्वाङले आफूहरु पार्टीलाई एकताबद्ध घोषणा गर्न लागिरहेको बताएका छन्। उनले केही तयारी गर्नुपर्ने भएकाले बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको बताए।

कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले भने, ‘निष्कर्षमा पु¥याउन थोरै तयारी गर्नुपर्ने भयो, त्यसैले त्यसका लागि बैठक ७ बजेसम्मका लागि स्थगित गरेका छौं, भरसक आजै निष्कर्षमा पु¥याउने हामीहरुको जोड रहन्छ।’

उनले दुवै पक्षबीचको निरन्तरको छलफल गम्भीर र सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई निष्कर्षमा पु¥याउन आफूहरुको जोड रहेको बताए।

उनले शीर्ष नेताहरुसँग आज पनि भेटघाट हुने बताए। ‘वार्ता सकारात्मक नभएको भए हामी अहिले किन बस्थ्यौं, बाहिरको चर्चाको पछाडि कोही पनि नलागौं, जे भइरहेको छ ठीक भइरहेको छ, वार्तालाई निष्कर्षमा पु¥याउन हामी प्रतिबद्ध छौं,’ उनले भने।

नेपालपक्षीय नेता गोकर्ण बिस्टले वार्ता लगभग समाधानको विन्दुमा पुगेको भन्दै निष्कर्षमा पुग्न अब लामो समय नलाग्ने बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी