१० श्रावण २०७८, आईतवार
|  Sun Jul 25 2021
Logo

सर्जियो रामोस फ्रेञ्च क्लब पिएसजीमा आवद्ध



स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेञ्च क्लब पिएसजीमा आवद्ध भएका छन्। उनी सन् २०२३ सम्मका लागि पिएसजीमा आवद्ध भएका हन्।

फ्रेञ्च क्लब पिएसजीसँग दुई वर्षको सम्झौता गरेपछि रामोसले खुसी व्यक्त गर्दै आफ्नो जीवनमा ठूलो परिवर्तनसँगै नयाँ चुनौती ‍थपिएको बताएका छन्। गत महिना रामोसले १६ वर्षपछि स्पेनिस क्लब रियल म्याड्रिड छाडेका थिए।

३५ वर्षीय रामोसले रियलबाट पाँच ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जिते। उनी सन् २००५ मा सेभियाबाट रियलमा आवद्ध भएका थिए। सेन्टर ब्याक रामोसले रियलबाट ६७१ खेल खेल्दा १०१ गोल गरेका थिए। रामोस र रियलबीचको सम्झौता जुनको अन्त्यबाट सकिएको थियो।

सन् २०१६ देखि २०१८ सम्ममा रियलले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा रामोसले टिमको कप्तानी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी