१० श्रावण २०७८, आईतवार
|  Sun Jul 25 2021
Logo

८ लाख भेरोसेल खोप चीनबाट नेपाल आइपुग्यो



काठमाडौं । चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी विमानले आज बिहान खोप नेपाल ल्याइपु¥याएको हो।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप खरिदको सम्झौता गरेको थियो। जसमध्ये पहिलो खेपमा ८ लाख डोज खोप आएको हो।

आज ८ लाख डोज खोप आइपुगेको र अब बाँकी अन्य उडानमार्फत ल्याइने स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए। साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आएको खोप ६० वर्षमुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी