११ श्रावण २०७८, सोमबार
|  Mon Jul 26 2021
Logo

मन्त्री श्रेष्ठद्वारा काठमाडौंको दक्षिण–पश्चिम जोड्ने दीखु पुल उद्घाटन



कीर्तिपुर । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिका जोड्ने दीखु तां (दीखु पुल)को आज (शुक्रबार) उद्घाटन भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरेको हो ।
उनकै उपस्थितिमा २०७६ पुष १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्त नेम्वाङ्गले शिलान्यास गर्नुभएको थियो ।
पुल उद्घाटन पश्चात भएको एक कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री श्रेष्ठले यस दीखु तां (पुल)को महत्वको बारेमा बताउनुहुँदै आफू भुमिगतकालमा पार्टीको काममा खट्दा काठमाडौंको दक्षिण–पश्चिम इलाका जोड्ने प्रमुख पुल यस दीगु पुल प्रयोग हुने गरेको बताए । जननेता मदन भण्डारीलाई थानकोटबाट कीर्तिपुरको कार्यक्रममा भाग लिन ल्याउँदा यस पुलमा बसेर काठमाडौंको उत्तरी भागमा अवस्थित रमणीय बल्खु खोलाको अवलोकन गरेको र भावी योजनाहरू बनाएको स्मरण गरे ।
पुल शिलान्यास लगत्तै कोभिडको महामारी फैलिएकोले केही ढिला भएपनि निर्धारित समयमै सम्पन्न भएकोले निर्माणको जिम्मालिएको वाइवा र लामा कन्ष्ट्रक्सनलाई धन्यवाद् दिनुहुँदै मन्त्री श्रेष्ठले कन्ष्ट्रक्सनले पुल मात्र बनाउने जिम्मा लिएको र पुलको अघि र पछिको बाटो अझै फिनिसिङ हुन बाँकी रहेकोले पुनः त्यस बाटोको लागि नेपाल सरकारले बजेट राखिदिएको बताउनु भएको थियो भने छिटै सो बाटो पनि राम्ररी नै बन्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका मन्त्री श्रेष्ठले नेपाल सरकारको पहिलो प्राथमिकता नै जनताको स्वास्थ्य र जनताको जीवन भएको उल्लेख गर्नुहुँदै आजै (शुक्रबार) बिहान चीनबाट ८ लाख भ्याक्सिन नेपाल आएको र एक हप्तापछि १२ लाख फेरि अर्काे हप्तामा १२ लाख गरी यसै महिनामा ४० लाख भ्याक्सिन आउने त्यसैगरी अमेरिकोको जोनसन एड जोनसन भ्याक्सिन यही २८ गते १५ लाख डोज आउने बताए । प्रत्येक नेपालीले खोप लाउन पाउने भएकोले खोप केन्द्रमा भिडभाड गर्नु नपर्ने मन्त्री श्रेष्ठको भनाइ रहेको छ ।

कार्यक्रमका सभापति तथा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले यस दीखु तां (पुल) ऐतिहासिक र भावनासँग जोडिएको उल्लेख गर्नुहुँदै कीर्तिपुर र तिनथानाको ऐतिहासिक सम्बन्ध रहेकोमा पुल बिग्रेको कारण भावनाहरू पनि टाढिरहेको बताए । थुप्रै पटक यो पुल बनाउन लाग्दा पनि सफल हुन नसकेकोले नगरपालिकामा आफूहरू आइसकेपछि टेण्डर समेत गरे तापनि आन्तरिक कारणले त्यो पुल बनाउन नसकीरहेको अवस्थामा माननीय मन्त्रीद्वय कृष्ण गोपाल श्रेष्ठ र वसन्त नेम्वाङ्गको पहलमा र निर्माण व्यवसायीको लगनशीलतामा जिर्णअवस्थाको पुल पुनः निर्माण गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद् दिए ।

कीर्तिपुरको विकासका लागि सडल विभागले पनि महत्वपूर्ण सहयोग गरिरहेको उल्लेख गर्नुहुँदै नगर प्रमुख महर्जनले नेपाल सरकारको रातो कितावमा नभए तापनि कीर्तिपुरको विभिन्न सडकहरू बनाउनको लागि सहयोग गरिरहेकोले सडक विभागलाई धयन्वाद् दिए ।
पुल महाशाखाका डि.जि. सडक विभागका महानिर्देशक ई. अर्जनुजंग थापाले आफ्नो मन्तव्य राख्नु भउको कार्यक्रममा उप–प्रमुख सरस्वती खड्काले स्वागत गरेको थियो भने कीर्तिपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष राजेन्द्र महर्जनले उपस्थित सम्पूर्णलाई धन्यवाद् दिनुभएको थियो । कार्यक्रम कीर्तिपुर नगरपालिका वडा नं. २ का अध्यक्ष रमेशमान डंगोलले सञ्चालन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी