१० श्रावण २०७८, आईतवार
|  Sun Jul 25 2021
Logo

सिन्धुपाल्चोकका बाढी पिडित परिवारलाई ५० हजार राहत दिने घोषणा



काठमाडौं । सिन्धुपाल्चोकमा बढी, पहिरो र डुवानबाट प्रभावित परिवारलाई सरकारले ५० हजार राहत दिने भएको छ । यस वर्ष बाढी, पहिरो र डुवानका कारण सिन्धुपाल्चोकका ३ सय २६ परिवार प्रभावित भएको थियो ।

शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ती परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेका हुन् । प्रधानमन्त्रीसँगै सिन्धुपाल्चोक गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङका अनुसार उक्त रकम सम्बन्धित गाउँपालिका र नगरपालिकामार्फत वितरण हुनेछ ।

मन्त्री नेम्वाङले बाढी, डुवान र पहिरो प्रभावितका लागि सरकारले १५ सय बन्डल जस्तापाता पनि सहयोग गर्ने जानकारी दिए ।
हेलिकप्टरमा गएका प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजना, मेलम्ची नदीमा आएको बाढीले क्षति पु¥याएको क्षेत्र र पहिरोले मेलम्ची नदी थुनिएको क्षेत्रको अवलोकन गरेका थिए ।
हेलिकप्टर हेलम्बुको गणेशबगरमा अवतरण भएपछि प्रधानमन्त्री ओलीसहितको सरकारी टोलीले स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी