११ श्रावण २०७८, सोमबार
|  Mon Jul 26 2021
Logo

आज थप २१६९ जनाको कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५सय ३० पीसीआर परीक्षणमा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ८७ एन्टिजेन परीक्षणमा ८ सय १६ जना गरी २ हजार १ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । शनिबारसम्म मृतक संख्या ९ हजार ३ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३२ जना संक्रमणमुक्त भएका छन् र हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३ सय ६१ जना पुगेको छ ।

कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ८९ रहेको छ जसमध्ये २३ हजार ५ सय ३९ जना होम आइसोलेसनमा र २ हजार ९ सय ५० जना संस्थागत आइसोलेसनमा छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा ३ सय ३, ललितपुरमा ६० र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी