१० श्रावण २०७८, आईतवार
|  Sun Jul 25 2021
Logo

भारतमा चट्याङको कारण ४२ जनाको मृत्यु



चट्याङको कारण भारतको उत्तर प्रदेशमा ४२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उत्तर प्रदेशमा आइतबार भएको भारी वर्षाको क्रममा चट्याङ परेको थियो । जसको कारण फरक–फरक स्थानमा चट्याङले लागेर थप २३ जना मानिसहरु घाइते भएका छन् । त्यस्तै २४९ पशुहरुको मृत्यु भएको उल्लेख छ ।

मृत्यु हुनेमध्ये १३ जना प्रयागराजका मानिसहरु छन् । चट्याङ लागेर मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । र प्रयागराजमा चट्याङको कारण मृत्यु भएका १३ जनाको परिवारलाई चार÷चार लाख राहत उपलब्ध गराउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गरेका छन् । प्रयागराजका साथै कानपुर देहातमा पनि पाँच जनाको मृत्यु भएको छ । फिरोजावादमा तीन, कौशांबीमा दुई र मिर्जापुरमा एकजनाको मृत्यु भएको छ ।

त्यस्तै राजस्थानमा पनि चट्याङको कारण केही मानिसहरुको मृत्यु भउको छ । राजस्थानको कोटा जिल्लामा चार र धौलापुरमा तीन बालबालिकाको मृत्यु भएको छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पनि घटनामा दुःख व्यक्त गरेका छन् ।
राजस्थानको राजधानी सहर जयपुरका प्रहरी आयुक्त आनन्द श्रीवास्तवले भने, ‘स्थानीय मानिसहरुको सहयोगमा आमेर किला क्षेत्रमा चट्याङ लागेका करिब २९ जनालाई उपचारको लागि अस्पतालमा लगिएको थियो । उनीहरुमध्ये १६ जनाको मृत्यु भएको छ ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी