१४ श्रावण २०७८, बिहीबार
|  Thu Jul 29 2021
Logo

एमाले अध्यक्ष ओलीले नेपाललाई पार्टीमा कुनै ठाउँ नदिने घोषणा



भक्तपुर – पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको एमाले अध्यक्ष केपी शर्मा ओलीले चर्को आलोचना गरेका छन्। उनले विपक्षी गठबन्धनमा लागेर पार्टी नेतृत्वकै सरकार ढाल्ने माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन्।
प्रधानमन्त्री पद गुमेपछि सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका उनले बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले आत्मालोचना र गल्ती स्वीकारेपनि पार्टीमा कुनै ठाउँ नदिने घोषणा गरे।
‘माधव नेपालजस्ता लाजशरम हराएका मान्छेको पछाडि लाग्ने केही व्यक्तिहरु अब सच्चिएर पार्टीमा काम गर्न चाहन्नुहुन्छ भने काम गर्न दिन्छौं’, बालकोटको बाल्कोनीबाट उनले भने, ‘तर माधव नेपालको हकमा आत्मआलोचना, गल्ती कमजोरी स्वीकारे पनि पार्टीमा कुनै ठाउँ छैन।’

अहिलेको यो परिस्थिति निर्माण गर्ने माधव नेपाल भएको भन्दै उनले शीतल निवासमा देउवाको शपथमा सहभागी भएर खुसीयाली मनाएको भन्दै कटाक्ष पनि गरे।यसअघि बालुवाटार छाड्दै गर्दा ओलीको समर्थकहरूको भीड लागेको  थियो । मंगलबार नै एमाले नेताहरुले हजारौँ मोटर साइकल र गाडीका साथमा ओलीलाई स्कर्टिङ गरी बालकोट पु¥याउने उद्घोष गरेका थिए, भने नेताहरुको निर्देशन अनुसार सयौँको संख्यामा एमालेका नेता, कार्यकर्ता ओलीलाई स्वागत गर्नका लागि सरकारी निवास बालुवाटारदेखि नीजि निवास बालकोटसम्मै लामबद्ध भएका थिए।

युवा तथा विद्यार्थीहरु र पार्टी कार्यकर्ताहरु केपी शर्मा ओलीको नाम अंकित पोष्टर, पार्टीको झण्डा र बाजागाजासहित उपस्थित भएका थिए भने बालुवाटारदेखि बालकोटसम्मै ओलीको अघि र पछि लामबद्ध भएका थिए।

बालकोटमा ओलीलाई स्वागत गर्न समर्थक तथा शुभेच्छुक र स्थानीयहरुको घुइँचो लागेको थियो । स्थानीयले उनलाई पुष्प गुच्छा प्रदान गरेका थिए। पत्नी राधिका शाक्यसहित नीजि निवास पुगेका उनको पक्षमा निवासमा पनि चर्को नाराबाजी भएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार
पलपल संवाददाता
नेपाली लोकसंगीतमा देउडा

देउडा नेपालको सुदूरपश्चिम र मध्य क्षेत्रमा प्रचलित निकै मिठो लोक गायन शैली हो। बहुभाषिक तथा बहुसांस्कृतिक इतिहास बोकेको नेपाल एसियाली देशहरूमा भिन्न देखिन्छ। यहाँको भाषा,

पलपल संवाददाता
आरक्षणविरुद्धका कुतर्कहरू

लिच्छिवीहरूले नेपाल काठमाडौं उपत्यकामा प्रवेश गराएको जातीय छुवाछुत र विभेद अंशुवर्मा, जयस्थिती मल्ल हुँदै गोरखाका राम शाह त्यसपछि पृथ्वी नारायण शाह अनि भिमसेन थापासम्म राज्यद्वारा

पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार