११ श्रावण २०७८, सोमबार
|  Mon Jul 26 2021
Logo

कर्णाली प्रदेश सभा मध्यरातमा अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी



काठमाडौं – कर्णाली प्रदेश सभाको आठौं अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गए राति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका हुन्।

अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले बताए। सरकारले अब अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ। नेकपा एमालेका सांसदहरूले लगातार प्रदेश सभा अवरूद्ध पारेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ।

एमाले सांसदहरूले प्रदेश सभा अवरूद्ध गरेपछि बजेट पारित हुन सकेको थिएन। सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको भन्दै मुख्यमन्त्री शाहीले अध्यादेशबाट भए पनि बजेट ल्याउने तयारी गरेको स्रोत बताउँछ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी