१० श्रावण २०७८, आईतवार
|  Sun Jul 25 2021
Logo

साउने सोमबार ब्रत आजबाट सुरु



काठमाडौं – सात्विक खानपान र हरियो चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमबार आज मनाइँदैछ। विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैमा विशेष महत्वको महिना हो। हिन्दू धर्मावलम्बीले साउन महिना र सोमबारलाई भगवान शिवको महिना तथा बारका रूपमा लिने गर्छन्।

सोमबारका दिन शिवजीको पूजा आराधना एवं दर्शन गर्नाले मनोकामना पूरा हुन्छभन्ने धार्मिक विश्वास छ। त्यही भएकाले साउने सोमबारको विशेष महत्व छ। साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।

विगतमा साउनको सोमबार बिहानैदेखि विभिन्न मठमन्दिर र धार्मिक तीर्थस्थल एवं शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरेको थियो। विदेशी श्रद्धालु भक्तजनको समेत घुइँचो लाग्ने गरेको थियो। तर यसवर्ष कोरोना महामारीका कारण भीडभाडका साथ पूजाआजा गर्नसक्ने अवस्था छैन।

त्यही पनि भगवान शिवप्रति आस्था राख्नेहरु आआफ्नै हिसाबले पूजाआराधना गरेर शिवलाई जल चढाइरहेका छन्। साउनबाट नयाँ ब्रतालुले पनि साउने सोमबारको ब्रत सुरु गर्छन्। साउनको सोमबार ब्रत बस्दा मनको इच्छा पूरा र सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

साउन महिनालाई वर्षकै चोखो महिनाको रूपमा लिइने गरिएको छ। शिवलाई जल चढाए पुण्य हुने र मनोकामना पूरा हुने विश्वास छ। बोलबम बोलबम भन्दै भक्तालु पहेँलो बस्त्र लगाएर खाली खुट्टामा धार्मिक तीर्थस्थलसम्म पुग्ने गरेका छन्। यसवर्ष बोलबम मेला पनि कोरोना महामारीका कारण प्रभावित बनेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार
पलपल संवाददाता
समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो…

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार

पलपल संवाददाता
बूढानीलकण्ठ बैठक सकियो, यस्तो आयो प्रचण्डको प्रतिक्रिया

काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी